FAQs Complain Problems

वर्ष पहिले र अहिलेको अवस्थाको तुलना गरौं नगर प्रमुख लोकमान बुढाथोकी

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिन लाग्दा अब भने अहिलेसम्म गरेका कामको समीक्षा गर्ने बेला आएको छ ।

अवश्य पनि, कुनै पनि क्षेत्रमा राम्रा र नराम्रा, सही आचरण भएका र गलत आचरण भएका दुबैखाले मान्छेहरू हुन्छन् नै । सायद कुनै पनि यस्तो क्षेत्र नहोला, जहाँ सतप्रतिशत राम्रा या नराम्रा मात्रै हुन् । हाम्रो देशको सन्दर्भमा हेर्ने हो भने, लामो कालखण्ड बितिसक्दा पनि सोचे जसरी राजनीतिज्ञहरूले काम गर्न नसक्दा राजनीति र नेता प्रति जनताको वितृष्णा जाग्नु स्वाभाविक नै हो । तर, सधैं "सबै उस्तै त हुन्" मात्र भन्ने तर सही रुपले विश्लेषण नगर्दा सबभन्दा फाइदा 'नराम्रो गर्ने'लाई नै हुन्छ । राम्रो गरे पनि र नराम्रो गरे पनि बिना कुनै विश्लेषण जनताबाट एउटै प्रतिक्रिया पाउने भएपछि 'नराम्रो गर्ने'लाई झन् आँट एवम् हौसला त आउँछ नै, साथ साथै केही सानो प्रयास कै माध्यमबाट भए पनि देश बनाउन खोज्नेहरूलाई पनि पक्कै पनि निराशा जगाउन सक्छ ।

त्यसैले आउनुहोस्, जनप्रतिनिधिले गरेका काम तथ्य तथ्यांकको आधारमा चासो र चिन्तनका साथ अध्ययन गरि चिरफारका साथ समीक्षा गरौँ । ५ वर्ष पहिले र अहिलेको अवस्थाको तुलना गरौं । जनप्रतिनिधिले आफ्नो कार्यकालमा भएका कामको जानकारी दिनु आफ्नो कर्तव्य हो भने जनताले जानकारी पाउनु अधिकार पनि हो ।

लोकमान बुढाथोकी

नगर प्रमुख

शाखागत कर्मचारीहरु