FAQs Complain Problems

बागचौर नगरपालिकाको तेस्रो नगर सभा ।

बागचौर नगरपालिका सल्यान कर्णाली प्रदेश नेपाल

बागचौर नगरपालिकाको तेस्रो नगर सभा आईतवार बागचौरमा सम्पन्न ।

निति तथा कार्यक्रम र विनियोजन बजेट आ.व. २०७५/०७६

२०७५ असार १० गते आइतबार,

“समृद्ध नगर हरित सहर, घरघरमा सिंह दरबार, बागचौर नगरबासिको रहर” भन्ने दृघकालिन बिकासको सोच सहित अगाडि बढी रहेको बागचौर नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ का नीति तथा कार्यक्रमहरुमा एक घर एक करेसा बारी, एक वडा एक कृषि प्राबिधिक, मेयर संग उज्यालो कार्यक्रम, नगर स्तरीय बृहत सहिद रिङ्गरोड लगाएत शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ,संस्कृती खेलकुद तथा मनोरञ्जन, लैङ्गिक समान्ता, सामाजिक समाबेशिकरण, बालबालिका, जेष्ठ नागरिक, स्थानीय सडक, पुलपुलेसा, उर्जा, सिचाई, भवन तथा शहरी बिकास, संचार, बिपत ब्यवस्थापन, नगरप्रहरी लगाएत दर्जनौं कार्यक्रममा रकम बिनियोजन गरेको छ भने जनताले साचिकै सिंहदरबारको अनुभुती गर्ने गरि करको दायरालाई पारित गरिएको छ ।

नगर भित्र छुट्याइएका योजनाहरू लाई संचालन गर्नको लागि आर्थिक वर्ष २०७५/०७६को बजेट ४४ करोड ४८ लाख ३२ हजार रहेको छ । बागचौर नगरपालिकाले यस आर्थिक बर्षमा शिक्षा,स्वास्थ्य र पुर्बाधार बिकासलाई प्राथमिकता दिएको नगर प्रमुख लोकमान बुढाथोकीले बताउनु भयो ।

बागचौर नगरपालिका नगरप्रमुख लोकमान बुढाथोकी आर्थिक बर्ष २०७४/०७५ मा बागचौर नगरपालिका बाट हाल सम्म प्राप्त गरेको दैनिक भत्ता र सवारी भाडा बापतको रु.९६,६००।- र जिल्ला बाहिर भिभिन्न प्रयोजनका लागि आयोजना गरेका तालिम,गोष्ठी र कार्यक्रम बाट प्राप्त गर्नु भएको ६६,९७०।- गरि जम्मा १ लाख ६३ हजार,५ सय,७० रुपैयाँ जस्ताको तस्तै राखेको र नगरप्रमुख तलब र उक्त रकमलाई सुरक्षित राख्ने चार बर्ष पछि नगरको बिकासमा लगानी गर्ने बताउनु भएको छ ।

बजेट, नीति तथा कार्यक्रमको सार संक्षेप यस प्रकार रहेको छ।

१)नगरपालिकाको गौरवको योजना अन्तरगत सहिद रिङ रोड(सहिदका सालिक तथा उद्धान सहित) विस्तार को लागि रू १ करोड बजेट विनियोजन।

२)नगरका सबै वडा केन्द्र तथा बस्ती सम्म पुग्न मोटर बाटो निर्माण तर्फ २ करोड ५६ लाख २० हजार बजेट विनियोजन।

३)नगर भित्रको शैक्षिक सुधारको लागि (तलब,भत्ता र भौतिक सुधार तर्फ रू १ करोड ३९ लाख ५० हजार बजेट विनियोजन।

४)एक बिद्यालय एक पुस्तकालय निर्माण गर्ने।जहाँ विद्यार्थी त्यहा शिक्षक को नीति लिएर शिक्षक दरबन्दी मिलान गर्ने।र विद्यार्थी हरूको सर्वाङ्गिन बिकास गराउनको लागि अतिरिक्त क्रियाकलाप संचालनको लागि आवस्यक बजेट व्यवस्था।

५)सामुदायिक बिद्यालयमा शिशु कक्षामा अध्यापन गराउने शिक्षक/शिक्षका को क्षमता अभिबृद्दी गराउन मन्टेश्वरी तालिम प्रदान गर्न रू१० लाख बजेट बिनियोजन।

६)मेयर सँग उज्यालो कार्यक्रम अन्तरगत सामुदायिक विद्यालय मा पढ्ने,घरमा विद्धुत सुविधा नभएका बिपन्न ,दलित,अपांग जनजाति ,द्वन्द पिडित र जेहेन्दार विद्यार्थीलाई सोलार वितरण कार्यक्रममा रू १० लाख बजेट विनियोजन।

७)विपन्न महिला,आदिवासी जनजाति ,दलित महिला एवं अपांगता भएकाहरूको लागि सरकारी सेवामा प्रतिस्पर्धा गर्न सक्षम बनाउन निशुल्क लोकसेवा तयारी कक्षा सन्चालन गर्ने।

८)पुस्तकालय ,बाचनालय र इ लाइब्रेरी स्थापना गर्न रू १० लाख बिनियोजन।

९)स्वास्थ्य क्षेत्रको सुधार र नागरिकलाई सहज स्वास्थ्यको उपलब्धतालाई अभिवृद्धि गर्न रू ४४ लाख ५० हजार विनियोजन।

१०)बागचौर नगरपालिका लाई पुर्ण खोपयुक्त नगरपालिका घोषण गर्न रू ५ लाख ५० हजार विनियोजन।

११) एक वडा एक स्वास्थ्य सेवा केन्द्र स्थापना को लागी आबस्यक बजेट को व्यवस्थापन गर्ने।

१२) नगरपालिका भित्रका सहिद परिवार ,घाइते अपाङ्ग योद्धा ,विपन्न,गरीब असहाय ,आदि लाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न आबस्यक बजेटको बयबस्था गर्ने।
१३)सबै बस्ति सम्म उज्यालो पुर्याउनको लागी ग्रामीण बिधुतिकरण बिस्तार गर्न रू १ करोड बिनियोजन।

१४)नगरपालिका भित्र खानेपानीको सरल, सहज,र ब्यवस्थित पहुँच सुनिश्चिता गर्न रू १ करोड ९ लाख विनियोजन ।

१५) फोहोरमैला तथा ढल ब्यबस्थापन गर्न डम्पिङ साइड निर्मान गर्न रू१५ लाख विनियोजन ।

१६) बानपा लाई पुर्ण सरसफाइ युक्त नगरपालिका निर्माण अभियान तथा घोषण गर्न रू ६ लाख विनियोजन ।

१७)मेयर सँग जनता पानी संकलन हिल ट्याङ्की बितरण (सहिद बेपत्ता परिवार,पुर्ण अपाङ्गता भएकब्यक्ति ,र बादी समुदायको लागी )रू २० लाख विनियोजन ।

१८)कृषि क्षेत्र लाई व्यावसायिकरण गर्न ''कृषि मा अनुदान ,कृषकलाई प्रोत्साहन '',पकेट क्षेत्र पहिचान ,ग्रामिण कृषि प्राबिधिक सहाएक तालीम ,कृषि मेला पर्दशनी एवं कृषि सेवा कार्यक्रम को लागी रू ६१ लाख बजेट विनियोजन ।

१९)सिचाइ प्रबन्ध मिलाउन रू १९ लाख ७५ हजार बजेट बिनियोजन।

२०) प्रत्येक वडामा एक एक वटा बहुउद्देश्यीय भवन निर्माण गर्ने ( कृषि उपज संकलन ,खोप क्लिनिक तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्र को लागी) रू२१ लाख विनियोजन ।

२१) पशुपन्क्षी बिकास तथा ग्रामीण पशु प्राबिधिक सहाएक तालीम को लागि रू ३६ लाख बिनियोजन।

२२) बन,बाताबरण भु संरक्षण , एक टोल एक रिचार्ज पोखरी,एक टोल एक वर,पिपल चौतारी निर्माण ,बन ब्यबस्थापन ,जलाधार संरक्षण बृक्षारोपन तथा नर्सरी कार्यक्रम तर्फ रू ३०लाख बइनियोजन।

२३)बिद्यालय बाट खेलाडी छनोट गर्ने र संरक्षण गर्ने नीति लिइने।

२४) खेल क्षेत्र को बिकास गर्न नगरपालिका स्तरीय मेयर कप खेलकुद प्रतियोगिता संचालन गर्न ,माबी तहको अतिरिक्त क्रियाकलाप को लागी रू १५ लाख बिनियोजन।

२४) कला साहित्य र संस्कृति को संरक्षण र प्रबर्द्धन गर्न रू,१० लाख बजेट बिनियोजन।

२५)पर्यटन तर्फ,मोखला शिव गुफा,डाँगी जातिको उद्गम थलो लस्तम टाकुरा,तिनपाने पिकनिक स्थल को संरक्षण र बिकासको लागि रू २० लाख।

२६)जनयुद्ध स्मृति संग्रहालय को स्थापना र खोज अनुसन्धानको लागि रू ३ लाख।

२७) नगरपालिका प्रबेशद्वार,रसहिद पार्क को लागि रू१० लाख।

२८) बागचौर- थारमारे फ्री वाइफाइ तथा सिसि क्यामेरा जडान गरिने।

२९)संचार क्षेत्रको प्रबर्द्धन र बिकास को लागि रू ५ लाख ५० हजार।

३०) प्रत्येक वडा कार्यलयमा ईन्टरनेट सेवा संचालनको लागि रू १२ लाख बिनियोजन।
३१)जनता सँग जनप्रतिनिधि बार्सिक रेडियो कार्यक्रम को लागि रू६ लाख ५० हजार।

३२)स्थानीय तथ्यांक संकलन र ब्यबस्थापन को लागी रू २० लाख बिनियोजन ।

३३) लक्षित बर्ग(महिला ,दलित,जनजाति समुदाय ,सहिद तथा बेपत्ता परीवार,घाइते अपांग,युवा बेरोजगार जेष्ठ नागरिकहरू को सम्मान तथा क्षमता अभिबृद्दी को लागी सीप मुलक तथा आयमुलक कार्यक्रम सन्चालनको लागि आबस्यक बजेट बिनियोजन।

३४)बिपद ब्यबस्थापनको लागी लागी रू१५ लाख बजेट बिनियोजन।

३५)नगर प्रहरी गठन,परीचालन र ब्यबस्थापन तर्फ रू १५ लाख बिनियोजन।
३६) सौर्य बत्ती थारमारे बागचौर को लागि रू १० लाख विनियोजन।

शाखागत कर्मचारीहरु