FAQs Complain Problems

हामी बनाउदै छौं पीडितका लागि आवास र अनाथ आश्रम !!

नेपाल सरकारका पुर्व सामान्य प्रशासन मन्त्री तथा संघिय प्रतिनिधि सभा सदस्य माननीय श्री टेक बहादुर बस्नेतले बागचौर नगरपालिका वडान ४ सिमखोली सेतिगुराँस र बागचौर नगरपालिकाका वडा नं. १२ ओख्रेनी मुलखोलाका मृतकका दुई परिवारलाई घर बनाइदिने प्रतिबद्धता गर्नु भएको छ । गत शनिबार दुबै ठाउँको राहत वितरण कार्यक्रममा बोल्दै संघिय प्रतिनिधि सभा सदस्य बस्नेतले आफुलाई बागचौर नगरपालिका छुटा छुटै दुई घट्नाले भावबिहवल गराएको बताउनु भयो । दुई घटना घटेलगतै घटनाको बारेमा प्रतिनिधि सभामा आफुले कुरा राखेको र केन्द्रिय सरकारलाई घटनाको बारेमा ध्यानाकर्षण समेत गराएको बस्नेतले बताउनु भयो । घटना घटी सकेपछि मृतक प्रति श्रद्धाञ्जली अर्पण र परिवारजनमा समबेदना प्रकट गर्दै केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको उपस्थिति हुनुनै ठूलो कुरा भएको उहाँको भनाई रहेको थियो । बस्नेतले पिडित परिवारले पाउने राहतलाई व्यवस्थित गर्न र एक द्वार प्रणालीमा लैजानको लागि स्थानीय सरकार संग समन्वय गरेर कोश खडा गर्न या खाता संचालन गर्न सुझाव दिनु भएको थियो ।

राहत वितरण कार्यक्रम बोल्दै कर्णाली प्रदेश सभा सदस्य माननीय श्री गुलावजङ्ग शाहले बागचौर नगरपालिका वडा नं. १२ ओख्रेनी मुलखोलाका मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट मृतक प्रतिव्यक्ती ३० हजारका दरले घटनाका पिडित परिवारलाई ९० हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको छ। प्रदेश सभा सदस्य शाहले सबैको एक्यवद्धता भएको यी दुइ घटना नेपालमै पहिलो भएको बताउनु भयो। मानवीय संवेदनालाई ख्यालमा राखी सहयोग गर्ने यो प्रथाले आगामी दिनमा समेत सकारात्मक प्रभाव प्रार्ने बताउनु भयो।

यसअघि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय श्री प्रकाश ज्वालाले बागचौर नगरपालिका वडा नं.४ सिमखोलि सेतिगुराँसका पीडित परिवारलाई मृतक प्रतिव्यक्ति ३० हजारका दरले रु. १ लाख ५० हजार राहत रकम प्रदान गर्नु भएको थियो।

जिल्ला दैवीप्रकोप उद्दार समितिको तर्फबाट प्रमुख जिल्ला अधिकारी कमल राज ढकालले सेतिगुराँको पीडित परिवारलाई रु. १ लाख र ओख्रेनिको परिवारलाई ७५ हजार राहत रकम प्रदान गर्नु भएको थियो।

बनगाड कुपिन्डे नगरपालिकाका नगर प्रमुख श्री गोविन्द पुनले छिमेकी नगरपालिका दुःखद् छुटा छुटै दुईवटा घटना घट्नुले आफुहरुलाई समेत पीडा परेको भन्दै मृतकका दुवै परिवारलाई २५ हजारका दरले ५० हजार नगद राहतको घोषण गर्नु भएको छ।

सिद्धकुमाख गाउपालिकाको तर्फबाट गाउपालिका प्रतिनिधि वडा नं. १ का वडा अध्यक्ष राम बहादुर बस्नेतले मृतक दुई परिवारलाई आफ्नो गाउँपालिकाको तर्फबाट रु. ४० हजार राहत प्रदान गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

यसैगरी दुवै घटनाका पीडित परिवारलाई राहत स्वरुप
दार्मा गाउँपालिकाबाट रु. ५०,०००/-
शारदा नगरपालिकाबाट रु. ३०,०००/-
छत्रेश्वरी गाउँपालिकाबाट रु. ५०,०००/-
कालिमाटी गाउँपालिकाबाट ३५,०००/-
कुमाख गाउँपालिकाबाट रु. ५०,०००/-
त्रिवेणि गाउँपालिकाबाट रु. ३०,०००/-
कपुरकोट गाउँपालिकाबाट रु. २५,०००/-
सल्यानी युवा संजालबाट रु. ५०,०००/-
सल्यान जेसिसबाट रु. २६,३५५/-
सल्यान सरोकार समाजबाट रु. १५०००/-

अहिलेसम्म जम्मा ९ लाख ७६ हजार ३५५ रकम प्रदान गर्ने नगद रकम सहित प्रतिबद्धता प्राप्त भएको छ।

नेपाल रेडक्रस सोसाइटी सल्यानको तर्फबाट दुवै घटनाका पीडित परिवारलाई विभिन्न जिन्सी सामान तथा भाँडाबर्तन हस्तान्तरण गरिएको छ ।

यता राहत वितरण कार्यक्रममा बोल्दै बागचौर नगरपालिका नगर प्रमुख श्री लोकमान बुढाथोकीले दु:खद घटनामा साथ सहयोग गर्नुहुने केन्द्रीय सरकार, प्रदेश सरकार र सल्यान जिल्लाका दश वटै स्थानीय सरकारहरुलाई धन्यवाद दिनु भएको छ । मानविय सभ्यतालाई ख्यालमा राख्दै दुखद घटनाका पीडितलाई मलम लगाउने नयाँ संस्कार बसालेको भन्दै यो संस्कारलाई सल्यान जिल्ला लगाएत अन्य ठाउँमा घट्ने जोकोही घटनामा पनि बसाल्न जरुरत रहेको बताउनु भयो ।नगर प्रमुख बुढाथोकीले पहिलो चरणमा दुईवटा घटनाका मृतक आठ जनालाई प्रतिव्यक्ती क्रीया खर्च बापत २५ हजारका दरले २ लाख नगद हस्तान्तरण गर्नु भएको छ ।
उहाँले तत्काल पिडित परिवारका लागि दीर्घकालीन तथा अल्पकालीन कार्यक्रमको समेत तय गर्ने बताउनु भयो ।

नगर प्रमुख बुढाथोकीले नगरभित्र विभिन्न कारणले अभिभावक गुमाएका अनाथ बालबालिकाहरुको प्रारम्भिक तथ्यांक संकलनको काम भैरहेको र बागचौर नगरपालिकाले आफ्नै लगानीमा एक अनाथ आश्रम स्थापना गरि उनीहरुको शिक्षा, स्वास्थ्य, पालन पोषणको समेत व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा पीडितले आफुलाई अभिभावक मानि रहेको अबस्थामा,आफ्नो अभिभावकको भुमिकामा प्रदेश सभाका प्रतिनिधि र संघीय प्रतिनिधि सभाका प्रतिनिधि घटना स्थलमै पुगेको देख्दा आफुलाई समेत राहत महसुस भएको बताउनु भएको छ ।

Fiscal Year: