समाचार
सुत्केरी भैंसी स्याहार भत्ता वितरण ।
Body:
बागचौर नगरपालिकाको "कृषिमा अनुदान कृषकलाई प्रोत्साहन" कार्यक्रम अन्तरगत भैंसी पालक किसानहरूलाई प्रोत्साहन स्वरुप #सुत्केरी_भैंसी_स्याहार_भत्ता बितरण विधिवत रुपमा उद्घाटन गरिएको छ।
आज मिति २०७५ पौष १६ गते बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकी ,उप प्रमुख कल्पना पुन,प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल ,स्वकीय सचीव भुमप्रकाश भण्डारी भूपिन , चित्र राना , पशुपंक्षी बिकास शाखा प्रमुख लोकेन्द्र डाँगी र कृषि शाखा प्रमुख हनुमान यादब लगाएतको टिम किसानहरूको घरघरमा पुगि प्रती सुत्केरी भैंसी रू. ३,०००।-का दरले सुत्केरी भैंसी स्याहार भत्ता हस्तान्तरण गर्नु भएको हो।