FAQs Complain Problems

बागचौर नगरपालिकाको आधिकारिक वेभसाइटमा स्वागत छ |

पश्चिम नेपालको मध्य पहाडी भुभागमा अवस्थित कर्णाली प्रदेश अन्तर्गत साविक राप्ती अञ्चलको सल्यान जिल्लामा पर्ने बागचौर नगरपालिकाको उत्तरतर्फ पश्चिम रुकुम तथा दार्मा गाउँपालिका, दक्षिणतर्फ छत्रेश्वरी गाउँपालिका, पश्चिमतर्फ सिद्धकुमाख गाउँपालिका तथा शारदा नगरपालिका र पूर्वतर्फ रोल्पा जिल्ला रहेका छन् । यस बागचौर नगरपालिकाको कुल क्षेत्रफल १६३.१४ बर्ग कि.मि. रहेको छ । विश्व मानचित्रमा यसको अवस्थिति २८° २६’ उत्तरी आक्षांशदेखि २८° ३१’ उत्तरी आक्षांश र ८२° १४’ पूर्वी देशान्तरदेखि ८२° २३’  पूर्वी देशान्तर सम्म छ । स्थानीय विकास मन्त्रालयले २०७२ आश्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा घोषणा भएको यस नगरपालिका समुन्द्र सतहबाट करिब ११०० मिटरदेखि २२०० मिटरको उचाइमा रहेको छ । लौराबाङ्ग शिर भएर बग्ने शारदा नदी यस नगरको प्रमुख नदी हो भने मोखला बाजेको गुफा यहाँको प्रमुख धार्मिक पर्यटकीय स्थल हो । राप्ती अञ्चलको प्रमुख नदी राप्तीको मुहानको रुपमा सुपरिचित बाँफुखोलाको पानीढल पनि यसै नगरमा अवस्थित छ ।

वि.सं. २०६८ को राष्ट्रिय जनगणना पश्चात बागचौर नगरपालिकाद्वारा वि.सं. २०७७ मा घरधुरी सर्वेक्षण गरिएको छ । बागचौर नगरपालिका डिजिटल प्रोफाइल निर्माण गर्न क्रममा उक्त तथ्याङ्क स्मार्ट पालिकाले सर्वेक्षण गरेको हो । सर्वेक्षण, २०७७ अनुसार बागचौर नगरपालिकाको कुल घरधुरी ६८८९ सहित कुल जनसंख्या ३५,११२ रहेको छ । जसमध्ये पुरुष ५०.७८ प्रतिशत (१७,८३१ जना) र महिला ४९.२१ प्रतिशत (१७,२८१ जना) रहेका छन् ।

साविकका गा.वि.स.हरू थारमारे, कोटमौला, कोटबारा, पिपलनेटा, बाफुखोला र शिवरथलाई मिलाएर स्थापना गरिएको यस नगरपालिकामा संघीय संरचना अनुसार कुल १२ वडा रहेका छन् । साविकका गा.वि.स. अनुसार नगरपालिकाको वडा विभाजन तलको तालिकामा प्रस्तुत गरिएको छ ।

 

तालिका नं. १ : बागचौर नगरपालिकाका साविकका गाविसहरूको विवरण

वडा नम्बर

समावेश भएका साविकका गा.वि.स.

साविकका वडा नम्बर

                 १

                                 थारमारे

१ ,२, ३

थारमारे

४ ,५, ८

थारमारे

६ ,७, ९

शिवरथ

४, ९

शिवरथ

५ – ८

कोटबारा

२,३,४,५

कोटबारा

१, ६ ,७,८९

कोटमौला

१,२,३,४,५

कोटमौला

६,७,८,९

१०

पिपलनेटा

१,२,३,४,५,६,७,८,९

११

बाफुखोला

६,७,८,९

१२

बाफुखोला

१,२,३,४,५

स्रोतः बागचौर नगर प्रोफाई

१ वटा क्याम्पस, १० वटा माध्यमिक विद्यालय, १५ वटा आधारभुत विद्यालय र ४४ प्राथमिक विद्यालय रहेको यस बागचौर नगरपालिकामा १ प्राथमिक स्वास्थ्य केन्द्र, ५ स्वास्थ्य चौकी र ५ आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् ।

बागचौर नगरपालिकामा ब्राह्मण, क्षेत्री, कामी, दमाई, मगर, ठकुरी, सार्की, तामाङ, गाइन आदि जातजातीको बसोबास रहेको पाइन्छ । यहाँका अधिकांश बासिन्दाले हिन्दु धर्म मान्छन् भने थोरैको संख्यामा क्रिश्चियन र ईस्लाम धर्म पनि मान्ने गरेको पाईन्छ । यस नगरका मानिसहरुको मुख्य पेशा कृषि हो । यहाँ सबैभन्दा बढी मकै, गहुँ, जहुँ, आलु, कोदो, सुन्तला, अदुवा, टिमुर, आदि उत्पादन हुने गरेका छन् । बागचौर नगरपालिका भित्र पर्ने मुख्य बजार क्षेत्रहरूमा मोखला, कालाखेत, थारमारे, बागचौर, खरिबोट, रारेचौर, बाङ्गेलाखुरी, पेदिखोला, सिमखोली, बाफुखोला, दोभानबजार, बगरबजार, रातामाटा, पातिहाल्न, कोटबारा टाट्केबजार, कोट्मौला पातिहाल्न शन्देशबजार, खोरबारे, पिपलनेटा, चौरपानी, रातापोखरा आदि पर्दछन् ।

तालिका नं. २ : बागचौर नगरको वडागत जनसंख्या विवरण

वडा पुरुष महिला जम्मा घरधुरी प्रतिधरधुरी औषत जनसंख्या
१४९९ १३९४ २८९३ ५७६ ५.०२
१९०९ १७७८ ३६८७ ७६३ ४.८३
१४७६ १३४३ २८१९ ४९१ ५.७४
१७६५ १७३८ ३५०३ ६९२ ५.०६
१७८४ १६७७ ३४६१ ६३५ ५.४५
१०६५ १०४३ २१०८ ५११ ४.१३
१८७८ १८६२ ३७४० ७०७ ५.२९
११६६ ११४० २३०६ ४४९ ५.१४
१८२९ १७४७ ३५७६ ७१५ ५.
१० १२०७ १२७८ २४८५ ५३८ ४.६२
११ १०७१ १००० २०७१ ३९९ ५.१९
१२ ११८२ १२८१ २४६३ ४१३ ५.९६
जम्मा १७८३१ १७२८१ ३५११२ ६८८९ ५.१

स्रोतः नगर तथ्यांक सर्वेक्षण,  स्मार्ट पालिका, २०७७


                                     

 


                                                                                                                                                 

शाखागत कर्मचारीहरु